कांग्रेस एक्लै चुनाव लड्ने वातावरण निर्माण गर्नुपर्छ : नवीन थापा
काठमाडौं।नेपाली कांग्रेसका युवा नेता नवीन थापाले पार्टीले कसैसँग गठबन्धन नगरी एक्लै निर्बाचन लड्ने अवस्था सिर्जना गर्नुपर्ने बताएका छन्।

गोदावरीमा जारी पार्टीको महासमिति बैठकमा प्रस्तुत प्रतिबेदनमाथि आफ्नो धारणा राख्दै नेपाल तरुण दलका केन्द्रीय सदस्य समेत रहेका थापाले बुधबार सो कुरा बताएका हुन्।बिगतमा कांग्रेस भन्ने बित्तिकै घाँटीमा खुकुरी तेर्स्याएर आउने गरेको यथार्थलाई भुलेर माओवादीसंग चुनाबी तालमेल गरेकै कारण सोलुखुम्बुमा कांग्रेसले निर्बाचनमा पराजय ब्यहोर्नुपरेको उनले बताए।पार्टी र संगठन निर्माणमा क्रियाशील कार्यकर्तालाई वेवास्ता गरेर नेताहरुले आफ्नो वरिपरि घुम्ने ब्यक्तिलाई अवसर दिएका कारण पार्टी कमजोर बनेको उनको भनाई थियो।
उनले राष्ट्रिय युवा परिषद जुन उद्देश्यका लागि गठन भएको थियो।त्यस अनुसार त्यसले काम गर्न नसकेको आरोप लगाउंदै उनले युवाहरुको सर्बाङ्गीन बिकासमा यसलाई उपयोग गर्ने कुरामा गम्भीर हुन पार्टीको ध्यानाकर्षण गराएका थिए।

