नेचासल्यानमा महिलाहरुका लागि पाँचदिने क्षमता अभिबृद्दि तालिम सम्पन्न



डिल्ली शर्मा,सोलुखुम्बु।सोलुखुम्बुको नेचासल्यान गाउपालिका वार्ड नं ३ मा दलित महिलाहरुको क्षमता अभिबृद्दिका लागी पाँचदिने क्षमता अभिबृद्दि सम्बन्धी तालिम सम्पन्न भएको छ ।श्री जनजागरण दलित एकता केन्द्र नेचासल्यान सोलुखुम्बुको आयोजनामा संचालन गरिएको उतm तालिममा नेचासल्यान गाउँपालिका वार्ड नं ३ का २५ जना महिलाहरुको सहभागिता रहेको थियो ।

नेचासल्यान गाउपालिका वार्ड नं ३ बाट आर्थीकबर्ष २०८०— ८१ को लक्षित समुदायतर्फको रु १ लाख बजेटबाट उक्त तालिम संचालन गरिएको संस्थाका अध्यक्ष रामबहादुर बिकले बताउनुभयो । ग्रामिण क्षेत्रका महिलाहरुले आफुलाई परेका समस्याहरु खुलस्त रुपमा राख्न नसकेको कारण पनि सामाजिक बिभेदको सिकार हुनु परेको, तथा घरेलु हिसा , र सामाजिक हिनताबोधको अन्य गर्न तालिम फलदायी भएको वँहाले बताउनुभयो ।

नेचासल्यान गाउपालिका कार्यपालिका सदस्य श्री दिल परियारको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष राम बहादुर बि.क.को अध्यक्षतामा भएको उतm कार्यक्रममा सहभागीहरुले पाँच दिनको तालिमबाट आफुमा समाज परिबर्तन गर्ने शाहस जागेको प्रतिक्रिया दिएका थिए । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै दिल परियारले दलितहरुले आफ्नो मानसिकतामा परिबर्तन गरेर स्वाबलम्बी बन्न सके सामाजिक बिभेदको अन्त्य हुने बताउनु भयो । शहिद कुशुम स्मृती हलमा फगुन ४ गते देखि ८ गतेसम्म संचालन भएको क्षमता अभिबृद्दि तथा उद्घोषण तालिमको सहजीकरण पत्रकार डिल्ली शर्माले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्