माप्यदुधकोशीको बिकासका लागि प्रधानमन्त्री दाहाल लगायत मन्त्रीहरुको ध्यानाकर्षण



काठमाडौं।नेकपा माओवादी केन्द्र सोलुखुम्बु जिल्ला समन्वय समितिका संयोजक एबम् थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित विभिन्न मन्त्रीहरुलाई भेटी जिल्लाको माप्यदुधकोशी गाउँपालिकाको बिकासका लागि ध्यानाकर्षण गराएका छन्।

माप्यदुधकोशी गाउँपालिकाका उपाध्यक्ष गौरव राईसहितका अन्य जनप्रतिनिधिसहित सिंहदरबार पुगेको संयोजक राई नेतृत्वको टोलीले विभिन्न विकासे योजनाको माग गर्दै प्रधानमन्त्रीसहित अन्य मन्त्रीको ध्यानाकर्षण गराएको माप्य गाउँपालिका कार्यपालिका सदस्य प्रकाश खालिङले जानकारी दिए। खालिङका अनुसार टोलीले हालसम्म सरकारका प्रबक्ता समेत रहेकि सूचना तथा सञ्चार प्रबिधिमन्त्री रेखा शर्मा,उर्जा,जलश्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेत,संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किँरातीसंग भेटवार्ता गरिसकेको छ भने गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका अन्य मन्त्रीहरुसंग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री दाहाल र मन्त्री बस्नेतसंँगको भेटमा सल्लेरी–माप्य–खुम्बु हाईवे कालोपत्रेको काम सुरु भएको तर,बजेट अभावका कारण रोकिएको ,दिलुङ राप्छा खानेपानी, चिण्डो प्रतिमा,बुद्दपार्क, वाकु–जुभिङ जोड्ने सडक,ठानेखोला खानेपानी,बिभिन्न सिञ्चाईलगायतका लागि आवश्यक बजेट ब्यबस्थापन तथा तामाखानी उत्खनन तथा पाइपलाइनमा रहेका दुधकोशीको हाइड्रोका सन्दर्भमा ध्यानाकर्षण गराउँनुका साथै सञ्चारमन्त्री शर्मासंग माप्य दुधकोशी वडा नं १, २, ७ लगायतको क्षेत्रमा देखिएको नेटवर्क समस्या समाधानका लागि आग्रह गरिएको कार्यपालिका सदस्य खालिङले जानकारी दिए।

उता,पर्यटनमन्त्री किँरातीसँगको भेटमा पर्यटन प्रबर्द्धनका लागि गाउँपालिकाले चालेका कदमकाबारे जानकारी गराउंँदै एभरेष्ट दुधकोशी साँस्कृतिक पदमार्ग र माप्य दुधकोशी हुँदै मेरापिक जाने नयाँ बाटोका लागि आवश्यक बजेट माग गरिएको उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्