चन्द्रागिरीमा ‘धारा चौर संरक्षण’ उपभोक्ता समिति गठन
काठमाडौं।चन्द्रागिरी नगरपालिका वडा नम्वर ६ मा रहेको ‘धारा चौर संरक्षण’का लागि उपभोक्ता समिति गठन गरिएको छ।
सोही वडाका वडाध्यक्ष संजय सिग्देलको उपस्थितिमा आइतबार सप्पन्न भेलाले सो समिति गठन गरेको हो।लक्ष्मी थापाको अध्यक्षतामा गठित सात सदस्यीय उपभोक्ता समितिको सचिबमा रामप्रसाद पोखरेल,कोषाध्यक्षमा राधेश्याम खड्काका साथै सदस्यहरुमा क्रमशः बेदानन्द पाण्डे,शोभा केसी,अञ्जली खत्री र गोविन्द खड्का रहेको बताईएको छ।