मेस्सीले अन्तरास्ट्रिय फुटबलबाट सन्यास लिदैँ



केदार बस्नेत काठमाडौं। अर्जेन्टिनी राष्ट्रिय फुटबल टिमका कप्तान लियोनल मेस्सीले अन्तरास्ट्रिय फुटबलबाट सन्यास लिने भएका छन् । मेस्सीले सन्यास लिने भएसँगै उनले लगाउँने जर्सी नम्बर दशलाई उनको सम्मान स्वरुप विदा दिने निर्णय अर्जेन्टिना फुटबल संघले गरेको छ ।

आठ पटकका बालेन डिओर बिजेता मेस्सीले कोपा अमेरिका सकिए लगतै आफ्नो फुटबल जीवनबाट सन्यास लिने बुझिएको छ ।अर्जेन्टिनाले मेस्सीको कप्तानीमा सन २०२२ को विश्वकपको उपाधी जितेको थियो भने कोपा अमेरिकाको उपाधीपनी उसले आफ्नो पक्षमा पारेको थियो।

केही साताअघि विश्वकपमा मेस्सीले लगाएका ६ जर्सी ७.८ मिलिएन डलरमा लिलाम भएको थियो । उक्त मुल्य अर्जेन्टिनाका पुर्व खेलाडी डिएगो म्याराडोनाको भन्दा कम हो ।म्याराडोनाले लगाउँने जर्सीलाई पनि अर्जेन्टिनाले सन २००२ मा विदा दिने प्रयास भनिएपनी फुटबलको सर्वोच्च निकाय फिफाको कडा नियमका कारण त्यसो हुन सकेन ।

३६ वर्षपछि विश्वकपको उपाधी जितेको अर्जेन्टिनाले मेस्सीको सन्यासपछि त्यहाँका राष्ट्रिय टिमका अन्य खेलाडीले १० नम्बरको जर्सी लगाउँन नपाउँने त्यहाँस्थित फुटबल संघका अध्यक्ष क्लाउडियो तापियाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्