एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ आज रुकुमकोटबाट सुरु हुंंदै
काठमाडौं।नेकपा एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ लुम्बिनी प्रदेश आइपुगेको छ। अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा टोली सुदूरपश्चिम र कर्णालीको यात्रा सकेर मंगलबार साँझ लुम्बिनी प्रदेश प्रवेश गरेको हो।
पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार हिजो यात्राका क्रममा सबैभन्दा लामो दूरी १९२ किलोमिटर पार गरेर सुर्खेतबाट टोली पूर्वी रुकुम पुगेको हो।
गौतमका अनुसार अध्यक्ष ओलीले बिहान ९ बजे स्थानीय नेता कार्यकर्तासँग अन्तरक्रिया गर्ने कार्यक्रम छ।रूकुमको रूकुमकोटबाट सुरू यात्राका क्रममा बुर्तिवाङ र लुकुमलगायत ठाउँहरूमा भेटघाट गर्ने कार्यक्रम रहेको छ। गुल्मीको वामीटक्सारमा सभा सम्पन्न गरी नेकपा एमाले अध्यक्ष केपी शर्मा अोली नेतृत्वको टोली आज बागलुङको गलकोटमा बास बस्ने बताइएको छ । यात्राका क्रममा भोलिसम्म विभिन्न पालिकामा जनसभा र भेटघाटका कार्यक्रम गरिने एमाले बागलुङ जिल्ला कमिटीले जनाएको छ ।
पश्चिमी सुरुवात बैतडीको झुलाघाटबाट पूर्वसीमा विन्दु पाँचथरको चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा गरिरहेको छ।file foto