डा. घनश्याम परिश्रमीका चार मुक्तक



  1. मुक्तक १
    शिकारीसँग मित्रता छ उनको
    खै, कता मानवीयता छ उनको
    पुजारी बनेर मन्दिरमा बस्दै छन् ,
    कता बेपत्ता नैतिकता छ उनको ।
    मुक्तक २
    आँसु नचिनेका परेलीहरूकाे के अर्थ
    कसैले नपढेका ठेलीहरूकाे के अर्थ
    अस्तित्व हुँदैन अर्थहीन वस्तुहरूकाे,
    सुगन्ध नबाेकेका चमेलीहरूकाे के अर्थ ।
    मुक्तक ३
    कतै चाेर्न, लुट्न पाएर खुसी हुनेहरू छन्
    कसैका मन दुखाएर खुसी हुनेहरू छन्
    मान्छे हुँ भन्छन् हिंस्रक व्यवहार छ तिनकाे,
    यहाँ मानवता गुमाएर खुसी हुनेहरू छन् ।
    मुक्तक ४
    आफन्तलाई कहिल्यै पराई नभन्नुहाेला
    स्वार्थका लागि मूर्खकाे साथी नबन्नुहाेला
    जिन्दगीको कुनै भराेसा हुँदैन महाशय,
    आफ्नो लागि आफैले खाडल नखन्नुहाेला ।

-बर्दघाट नवलपरासी

प्रतिक्रिया दिनुहोस्