नेचासल्यानमा ‘महिनाको एक बार, श्रम बार’ अभियान सुरु



सोलुखुम्बु।नेचासल्यान गाउँपालिकाको वडा नं-४ ले घटस्थापनाको अबसर पारेर जनश्रमदान अभियान सुरु गरेको छ ।

वडा कार्यालयमा आउने ५० लाख बजेट सिलिङ सानोतिनो विकास निर्माणमा नै खर्च भएर सकिने र ठोस योजनाहरु सञ्चालन गर्न समस्या पर्ने भएको हुँदा १ लाखसम्म खर्च हुने किसिमका योजनाहरु जनश्रमदानमार्फत सम्पन्न गर्दै जनतामा जनश्रमदानको भावना विकास गर्न यो अभियान सुरु गरिएको हो।

अव यस अभियानलाई निरन्तरता दिदैं ‘महिनाको एक बार श्रम बार’को रुपमा अगाडि बढाइने वडासचिब गणेश शर्मा कटेलले जानकारी दिए।अभियान सुरुवात भएको पहिलो दिन आज जनप्रतिनिधि, कार्यालयका सम्पूर्ण कर्मचारीलगायत करिव ३० जना स्थानीयको सहभागितामा महभिर साततले क्षेत्रमा तीन सय मिटर गोरेटो बाटो निर्माण सम्पन्न गरिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्