नेपाली सेनाका प्युठ खोटाङका भूपजीत राईको कंगोमा निधन
काठमाडौं ।नेपाली सेनाका प्युठ भुपजित राईको कंगोमा निधन भएको छ।
संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि कंगोमा तैनाथ प्युठ राईको आज निधन भएको हो । नेपाली सेनाका अनुसार कंगोमा उनी ट्याक्टिकल अपरेटिङ बेस काम गर्थे । उनी त्यहाँ बिरामी भएका थिए । उनलाई थप उपचारका लागि कंगोको बुनियास्थित एक अस्पताल लगिएकोमा उपचारकै क्रममा निधन भएको हो ।
उनी श्री नरसिंहदल गण (शान्ति सेना) उनान्तिसौँ डफ्फामा कार्यरत थिए ।उनको नेपाल ठेगाना खोटाङ हो । उनको शव ल्याउन समन्वय भइरहेको सेनाले जनाएको छ ।