बिश्वासको मत प्राप्त गर्ने सम्भावना समाप्त,मुख्यमन्त्री कार्की राजीनामा दिंदै



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिने भएका छन् । प्रदेशसभाबाट बिश्वासको मत पाउने सम्भावना समाप्त भएपछि उनले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेको बताईएको छ।कार्कीले आजै विश्वासको मत लिने प्रदेशसभाको कार्यसूची थियो।

९३ सदस्यीय प्रदेश सभामा बिश्वासको मतका लागि ४७ मत आवश्यक छ।तर सत्तागठबन्धन्धनले कार्कीलाई बिश्वासको मत नदिने निर्णय गरेको र राप्रपा अनिर्णित रहेका कारण उनले बिश्वासको मत पाउने सम्भावना छैन।एमालेको ४० मत रहेकोमा उपसभामुख सिर्जना दनुवारले मतदान गर्न नपाउने भएका कारण हाल उनको पक्षमा ३९ मतमात्रै देखिएको छ।

प्रतिक्रिया दिनुहोस्