प्रधानमन्त्री प्रचण्डले गैरजिम्मेवार अभिव्यक्ति दिंदै हिंडदा मुलुकमा अराजकता बढ्यो: डा.कोइराला



काठमाडौँ।नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी सभापतिको जस्तो जथाभावी बोलेर हिंड्दा मुलुकमा जतासुकै अराजकता बढेको बताएका छन्।

दुई लाख मान्छे सडकमा उतार्छु, २०८४ मा माओवादीलाई जिताउ म जातिय राज्य दिन्छु जस्ता अराजक अभिव्यक्ति प्रधानमन्त्री प्रचण्डले दिएको भन्दै शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले प्रश्न गरे,- जातिय राज्य गोजीबाट निकालेर दिने हो ? गैर जिम्मेवार अभिव्यक्ति प्रधानमन्त्रीबाट आउनु नेपालीहरुको लागि दुर्भाग्य रहेको उनको भनाई थियो।

देश अफ्ठ्यारो स्थितिबिाट अघि बढीरहेको भन्दै उनले सरकार सच्चिन आवश्यक रहेको र सच्चिन नसके बाटो खालि गरिदिन आग्रह पनि गरे।देशमा जताततै अराजकता रहेको उल्लेख गर्दै यस परिस्थितिलाई कांग्रेस बाहेक अरुले सम्हाल्न नसक्ने दाबी डा. कोईरालाको थियो।

प्रतिक्रिया दिनुहोस्