रिहा भए धर्मगुरु श्री निबासाचार्य
जनकपुर।विवादस्पद भाषण दिएपछि पक्राउ परेका धर्मगुरु श्रीनिवास आचार्य रिहा गरेको भएका छन्।
बिहीबार जिल्ला प्रशासन कार्यालय धनुषामा मुद्दा दर्ता गरी तीन दिनसम्म थुनामा राख्न आदेश दिएको केहि घण्टा नवित्दै उनलाई रिहा गरिएको हो।सुनसरीमा पक्राउ परेका धर्मगुरु श्रीनिवासलाई बुधबार जनकपुरधाम स्थित जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याइएको थियो।
जिप्रकामा बयान लिएपछि उनलाई साँझमा कानूनी प्रक्रिया पुरा गराएर रिहा गरिएको हो। धर्मगुरु श्रीनिवास रिहा भएपछि रामानन्दिय बैष्णव संघले भव्य स्वागत गरेका छन्।
जनकपररधाम स्थित धार्मिक र्यालीमा श्रीनिवासले गौहत्या गर्नेहरु विरुद्ध चर्को अभिव्यक्ति दिँदै बोल्ने क्रममा खुकुरी देखाउँदै हत्या गर्ने चेतावनी दिएका थिए।