एमाले कर्णालीमा शाहको जीत, कोशी अध्यक्षमा खतिवडाको अग्रता



काठमाडौं। नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलावजंग शाह बिजयी भएका छन्।

कर्णाली प्रदेशमा भएको निर्वाचनमा कुल ६ सय ९ मत खसेको थियो । ५ सय मत गणना गर्दा शाहले ३ सय १० मत प्राप्त गरी शाह अध्यक्षमा निर्वाचित भएका हुन्।५ सय मत गणना हुँदा शाहले प्राप्त गरेको मत नै ५० प्रतिशत भन्दा बढी हो।

५ सय मत गणना गर्दा शाहका प्रतिस्पर्धी मीनबहादुर शाहीको १ सय ६४ मत छ ।

उता, कोशी प्रदेश अधिवेशन अन्तर्गत सुरुवाती मतगणनामा अध्यक्ष पदमा घनश्याम खतिवडाले अग्रता लिएका छन्।

जम्मा ९७७ मत खसेकोमा हाल २६२ मत गणना भएको छ। जसमा खतिवडाले १४१ मत ल्याउँदै अग्रता लिएका छन् भने उनका प्रतिस्पर्धी विनोद ढकालले १२१ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्