इनरुवा मालपोतका दुई कर्मचारी घुस रकमसहित पक्राउ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको इनरुवास्थित भूमिसुधार तथा मालपोत कार्यालयका दुई कर्मचारीलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।

आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई शुक्रबार नियन्त्रणमा लिएको हो ।

जग्गा नामसारी गरेवापत कटुवाल र अधिकारीले सेवाग्राहीसँग घुस लिएको रकमसहित उनीहरूलाई इनरुवा नगरपालिका–३, मालपोत चोकबाट नियन्त्रणमा लिइएको अख्तियारले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्