एमाले बागमती प्रदेश नेतृत्व चयनका लागि आज मतदान, दाहाल र ढुंगेल प्रतिस्पर्धामा



काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि केहि बेरमा मतदान सुरु हुने भएको छ। निर्वाचन कमिटीले अघिल्लो निर्वाचन कार्यतालिका संशोधन गर्दै बिहान ११ बजेदेखि साढे पाँच घण्टा मतदानको समय निर्धारण गरेको हो।

सार्वजनिक कार्यतालिका अनुसार शुक्रबार बिहान ११ बजेदेखि साढे ५ बजेसम्म ६ घण्टा मतदानका लागि समय निर्धारण गरेको हो । मतदानपश्चात् शुक्रबार नै मतपरिणाम घोषणा गर्ने तयारी गरेको प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जनाएका छन् ।

एमाले बागमतीमा अध्यक्ष पदमा रामेछापका कैलाश ढुङ्गेल र मकवानपुरका कृष्णप्रसाद दाहालबीच प्रतिस्पर्धा हुँदैछ।अधिबेशनको सोमबार अध्यक्ष केपी ओलीले उद्घाटन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्