इलेक्ट्रीक गाडी दुर्घटना हुँदा सिन्धुलीमा दस यात्रु घाइते



सिन्धुली।सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका बोहोरेटार नजिकै इलेक्ट्रीक गाडी दुर्घटना हुंदा त्यसमा सवार दस यात्रु घाइते भएका छन्।

सिन्धुलीबाट काठमाडौं तर्फ जाँदै गरेको गाडी बिहिवार सांझ आफैं अनियंत्रित भैइ बायाँतिरको नालीमा खस्दा घाइते भएका १० जनालाई उपचारका लागि धुलिखेल पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

जिल्ला प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार घाइतेहरुमा एकजना काभ्रे र अरु सबै सिन्धुली निबासी छन्।

सिन्धुली कमलामाई नगरपालिका-६ का निरकुमार चालिसे,बिष्णुप्रसाद ढकाल,उनका छोरा निरज ढकाल र सरोज थापा,वडा नं-५ का कमला घिमिरे,वडा नं-१ का भुवन थापा र मुकुन्द थापा,वडा नं-४ कि बबिता थापा,तीनपाटन गाउँपालिका वडा नं-१० का राजन कार्की र काभ्रे बनेपा-१० कि गार्की बस्नेत घाइते भएको प्रहरीले जनाएको छ।घाइतेहरुको अवस्था सामान्य रहेको दाहालले बताए।

म प्र०४-००१ ज ००६२ नम्बरको सो गाडीका चालक तेजबहादुर कार्कीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्