संखुवासभा कांग्रेस सभापति खड्काले दिए पदबाट राजीनामा
काठमाडौं।नेपाली कांग्रेस जिल्ला कार्य समिति संखुवासभाका सभापति दीपक खड्काले राजीनामा दिएका छन् ।

प्रतिनिधिसभा सदस्य भएका कारण जिल्लाको पार्टी संगठनलाई चाहेर पनि पर्याप्त समय दिन नसक्ने भएपछि पार्टी सभापतिबाट राजीनामा दिएको खड्काले बताए ।
प्रतिनिधिसभा सदस्य रहेको र प्रतिनिधिसभाको गतिविधिमा संलग्न हुनुपर्ने भएका कारण काठमाडौंमा धेरै समय बिताउनुपर्ने र जिल्लाको पार्टी सङ्गठनलाई पर्याप्त समय दिन नसकेको भन्दै राजीनामा दिएको खड्काद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
खड्का २०७८ असोज १४ गते चार बर्षे कार्यकालका लागि सभापति पदमा निर्वाचित भएका हुन् । खड्का गत २०७९ मंसिरमा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । कांग्रेस सभापति खड्का २०७० सालमा संविधानसभा सदस्य समेत भइसकेका हुन् ।

