सोताङका दुई विद्यालयमा नेबिसंघले गठन गर्यो ईकाई समिति
सोलुखुम्बु।बीरेन्द्रज्योति माध्यमिक विद्यालय सोताङमा नेपाल विद्यार्थी संघ इकाई समिति गठन गरिएको छ । १ सय ५५ सदस्यीय समितिको अध्यक्षमा बिजय विश्वकर्मा रहेको नेबिसंघ सोलुखुम्बुले जनाएको छ।
आजै सोताङ गाउँपालिका १ मा रहेको हुलु माध्यमिक विद्यालयमा पनि विवेक कार्कीको अध्यक्षतामा २१ सदस्यीय इकाई समिति गठन गरिएको छ । कार्यक्रममा नेविसंघ बीरेन्द्रज्योति मावि इकाई अध्यक्ष विजय विश्वकर्माले सबै विद्यार्थीहरुलाई नेविसंघमा आवद्ध हुन आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस सोताङ गाउँपालिका सभापति कृष्ण कार्की, सचिव जिवन कोइराला, नेपाल विद्यार्थी संघ सोलुखुम्बु जिल्ला सचिव मोहनकृष्ण निरौला र विभुषण राई, सोताङ पब्लिक क्याम्पस स्वबियू अध्यक्ष प्रमोद राई, नेविसंघ जिल्ला कार्यसमिति सदस्य निशानजंग बस्नेतको उपस्थिति रहेको थियो ।