सिन्धुपाल्चोकका स्थानीयको आवागमनका लागि आजबाट तातोपानी नाका खुल्ला हुँदै



सिन्धुपाल्चोक।आठ बर्ष यतादेखि बन्द रहेको चीनसँगको उत्तरी सीमानाका तातोपानीमा आजदेखि आवागमन खुल्ला हुने भएको छ।

गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए। ‘नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौँ,’ उनले भने।

विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो। प्रजिअ न्यौपानेले यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै आजबाट स्थानीयको अवागमन खुल्ला गरिएको बताए।

उनका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्