प्रचण्डले चन्द्रागिरी पार्कबाट भर्चुअल सम्बोधन गरेर ‘जनतासँग माओवादी विशेष रुपान्तरण’अभियान सुरु गर्ने
काठमाडौं ।‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान चन्दागिरि नगरापालिकाको वडा नम्बर २ बाट सुरुआत गरिने भएको छ ।

माओवादीका कोषाध्यक्ष तथा कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चन्द्रागिरि नगरपालिका–२ बाट अभियानको सुरुआत गर्नेछन् ।
विशेष अभियानको यही भदौ १६ गतेदेखि सुरु लागेको हो । अध्यक्ष प्रचण्डले भर्चुअल सम्बोधन गर्नेछन् ।
“उहाँ (अध्यक्ष)ले वडा नम्बर २ मा रहेको पार्कबाट देशव्यापी सम्बोधन गर्नुुहुनेछ । हामीले लाइभ प्रसारण गर्ने व्यवस्था मिलाएका छौँ,” उनले बाह्रखरीसँग भने, “कार्यक्रम दिउँसो १ बजे हुनेछ ।”
तीनमहिने अभियानमा केन्द्रीय सदस्यलाई वडा तहसम्मै खटिनेछन् । पार्टी पुनर्निर्माणका लागि चलाइने अभियानमा प्रचण्ड पनि सातवटा वडामा पुग्नेछन् । प्रचण्ड जाने अरु वडा बिस्तारै तय हुने ढकालले बताए ।

