नेपाल शान्ति र न्यायको पक्षमा छ, कुनै सैन्य गुटमा सहभागी हुँदैन : अध्यक्ष ओली



काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने बताएका छन्।

शनिबार नेकपा एमाले परराष्ट्र मामिला विभागको आयोजनामा भएको वर्तमान अन्तरास्ट्रिय परिस्थिती र नेपालको परराष्ट्र नीति विषयक अन्तर्क्रिया कार्यक्रममा ओलीले नेपालको नीति कतै ढल्कनेतर्फ लिन नपर्ने धारणा राखेका हुन्।

पूर्वप्रधानमन्त्री ओलीले भने,‘सैनिक गुटमा हामी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सामेल हुँदैनौं। बाह्य सेना यहाँ राख्ने कुरा हुँदैन। हामी अन्य देशका सेनासँग कुटनीतिक रुपमा आवातजावत गर्दा,तालिम गर्दा पनि हामी छिमेकीको संवेदनशीलतालाई ध्यानमा राखेर मात्रै स्थान तय गर्छौं।’

ओलीले नेपाल कुनै पनि पक्षधरता देखाउनु नपर्ने भएकाले शान्तिका लागि तटस्थ बस्नुपर्ने बताए। उनले भने,‘युक्रेन-रुस वार होस् कि जुनसुकै होस्। शान्ति र न्यायको पक्षमा नेपाल रहनुपर्छ। कसैको पक्ष लिनु आवश्यकता छैन।’

उनले वर्तमान सत्ता गठबन्धनलाई लक्षित गर्दै भारतसमेत तटस्थ रहँदा नेपालले कुनै पक्षधरता देखाउनु आवश्यक नभएको बताए। उनले भने, ‘हामी शान्ति समानता र न्यायको पक्षमा छौं। आन्तरिक मामलामा अहस्तक्षेप नीति अवलम्बन गर्छौं।’

उनले युद्धबाट लाभ लिन्छु भनेर कसैले सोच्छ भने त्यो भ्रम मात्र हुने बताए। उनले कहिँ द्वन्द्व देखिन्छ भने तटस्थताको नीति अवलम्बन गर्ने उल्लेख गरे।file foto

प्रतिक्रिया दिनुहोस्