कांग्रेसको सांगठनिक सुदृढीकरण अभियान सुरु



काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको सांगठनिक सुदृढीकरण अभियान आजदेखि सुरु भएको छ। साउन २ देखि १० गतेसम्म बसेको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार अभियान सुरु भएको हो।

‘नेपाली कांग्रेसको सांगठनिक सुदृढीकरणका लागि श्रावण २० देखि ३० आन्तरिक, भदौ १० देखि २४ समुदायमा कांग्रेस ‘राष्ट्रव्यापी अभियान’ सञ्चालन गर्ने निर्णय गर्दछ’, केन्द्रीय कार्यसमितिको निर्णयमा भनिएको थियो।

यस अभियान अन्तर्गत ७७ वटै जिल्लामा कांग्रेसका केन्द्रीय प्रतिनिधिहरु पुग्नेछन्। संसद्‌मा नरहेका नेताहरु यस अभियानमा खटिएका छन्।

प्रतिक्रिया दिनुहोस्