काठमाडौंमैं सञ्चालित अधिकांश अस्पताल मापदण्डविपरीत



काठमाडौं। स्वास्थ्य मन्त्रालयले बिहीबार गरेको उपत्यकाका ८ वटा अस्पताल मापदण्ड बिपरित चलेको पाईएको छ। बुधबार गरिएको अनुगमनपछि अनुगमन टोलीले प्रस्तुत गरेको प्रारम्भिक रिपोर्टका आधारमा अधिकांश अस्पतालहरुले मापदण्ड बिपरित सञ्चालन भएको पाईएको हो।

अनुगमनको प्रारम्भिक रिपोर्ट अनुसार उपत्यकाका अधिकांश अस्पताल मापदण्ड अनुसार चलेको पाइएन,अनुगमन पछि स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले भने, ‘नियमविपरीत सञ्चालित अस्पतालहरुलाई अनुगमन टिमको रिपोर्टका आधारमा कानुनी कारवाही गछौं।’ मन्त्री बस्नेत स्वयं पनि केही अस्पतालको अनुगमनमा सहभागी भएका थिए ।

कानुन अनुसार अनुगमनका क्रममा नियमविपरीत सञ्चालित अस्पतालहरुलाई बन्द गर्न सक्ने अधिकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई छ । स्वास्थ्य मन्त्रालयले बिहीबार मन्त्रालयका अतिरिक्त सचिवहरु क्रमशः डा विकास देवकोटा, डा टंक बराकोटी, डा संगीता कौशल मिश्र र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहको नेतृत्वमा ४ वटा टीम बनाएर काठमाडौं, ललितपुर र भक्तपुरका सरकारी र निजी गरी ८ वटा अस्पतालको अनुगमन गरेको थियो ।

अनुगमन गरिएका अस्पतालहरुमा नेपाल मेडिकल कलेज जोरपाटी, शंकरापुर अस्पताल जोरपाटी, अल्का अस्पताल जावलाखेल, मेडीसिटी अस्पताल भैसेपाटी, कान्ती बाल अस्पताल महाराजगन्ज, मनमोहन सामुदायिक अस्पताल स्वयम्भू, भक्तपुर अस्पताल र नागरिक सामुदायिक अस्पताल गठ्ठाघर भक्तपुर रहेका छन्।

अनुगमन टोलीमा प्याथोलोजिष्ट, रेडियोलोजिस्ट, नर्सिङ अधिकृत, फर्मासिस्ट, माइक्रोबायोलोजिष्ट, स्त्री तथा प्रसूतिरोग विज्ञ, सरुवा रोग विज्ञ, मानव संशाधन, अस्पताल व्यवस्थापक सहितका विज्ञहरु सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्