महाकुलुङ गाउँपालिका अध्यक्ष कुलुङलाई नेपाली सेनाको सम्मान



काठमाडौं। सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर कुलुङलाई नेपाली सेनाले सम्मानित गरेको छ ।

नेपाली सेनाले गरेको हिमाल सफाई अभियानमा महत्वपुर्ण सहयोग गरेको भन्दै विश्व वातावरण दिवसको अवसरमा सैनिक मुख्यालयमा आयोजित विशेष कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले अध्यक्ष कुलुङलाई सम्मानपत्रसहित सम्मानित गरेका हुन्।

नेपाली सेनाको अगुवाईमा “सफा हिमाल अभियान–२०२३” अन्तर्गत परिचालित टोलीले सगरमाथा, ल्होत्से, बरुन्चे तथा अन्नपूर्ण हिमाल सफाई गरेको थियो ।

सो क्रममा सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा अवस्थित बरुन्चे हिमाल सफाईको क्रममा स्थानीय सरकार प्रमुखको हिसाबले कुलुङले सहयोग गर्नुभएको थियो । सेनाले बरुन्चे हिमालबाट १८ टन फोहोर संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्