महाकुलुङको पेल्माङमा नि:शुल्क स्वास्थ्य शिबिर सञ्चालन गरिने



सोलुखुम्बु।महाकुलुङ गाउँपालिकाको वडा नं-२ पेल्माङमा स्वास्थ्य शिबिर सञ्चालन गरिने भएको छ।पेल्माङ बिकासका लागि सहयोगी हातहरुको आयोजनामा यही चैत २५ गतेबाट शिबिर सञ्चालन हुन लागेको अध्यक्ष मच्छिन्द्र राईले जानकारी दिए।

२७ गतेसम्म सञ्चालन हुने शिबिरमा स्त्रीरोग,आँखा र दाँतको नि:शुल्क स्वास्थ्य जांचका साथै चस्मा र औषधि बितरण गरिने छ।शिबिरमा आँखा रोग बिशेष उज्ज्वल जोशीले आँखा र जर्मनी डाक्टर urte schmidt तथा दाँत सम्बन्धि रोगहरुका लागि जर्मनी डाक्टर dr.sabine thiele, र dr. harald nitschke ले सेवा प्रदान गर्ने अध्यक्ष राईले बताए।

पेल्माङको बिकास र स्थानीयको हितका लागि निरन्तर समाजसेवाका लागि सो संस्थाले काम गर्दै आएको छ।संस्थाले सञ्चालन गरेको यो छैटौं स्वास्थ्य शिबिर भएको बताईएको छ।मोर्लित्ज पेल्माङ जर्मनीको प्रायोजनमा हुन लागेको सो स्वास्थ्य शिबिर आधारभूत स्वास्थ्य सेवाकेन्द्र पेल्माङमा आयोजना गरिने छ।

प्रतिक्रिया दिनुहोस्