शैक्षिक योजना निर्माण गर्दा व्यावसायिक र नैतिक शिक्षामा जोड दिनुपर्नेमा माप्य गाउँपालिका अध्यक्ष राईको जोड



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले प्राविधिक,व्यवहारिक,व्यावसायिक र नैतिक शिक्षालाई शैक्षिक योजनामा समेट्नु पर्ने बताउनुभएको छ।

गाउँपालिकाक आयोजना तथा रीड नेपालको प्राविधिक सहयोग तथा सहकार्यमा बुधबारबाट सुरु ३ दिने शिक्षा क्षेत्र योजना निर्माण कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष राईले सो कुरा बताउनुभएको हो। कार्यक्रममा बोल्दै अध्यक्ष राईले योजना निर्माण आफ्नो पहिलेदेखि सोंच भए पनि रीड नेपालले प्राविधिक सहयोग गरेर ठुलो गुण लगाएको बताउनुभयो।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्षहरु शिक्षा समितिका सदस्यहरु, कार्यपालिका सदस्यहरु, विभिन्न विद्यालयका प्रधानाध्याक तथा शिक्षकहरु, विव्यस अध्यक्षहरु गरी ४५ जना सहभागिता रहेको बताइएको छ।

रीड नेपालले यो भन्दा अगाडी खुम्बु पासाङ गाउँपालिका बाहेक अन्य स्थानीय तहहरुमा कार्यक्रम सम्पन्न गरी सकेको र ७ वटा स्थानीय तहको शिक्षा योजना निर्माण गर्ने योजना रहेको जनाएको छ।कार्यक्रमको सहजीकरण शिक्षा मन्त्रालयका पूर्व सहसचिव निरा शाक्य र रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले गरिरहनु भएको छ !

प्रतिक्रिया दिनुहोस्