सोताङ पब्लिक क्याम्पसमा स्वबियुका पदाधिकारी तथा सदस्यहरु निर्बिरोध,यसरी भयो भागबन्डा
सोलुखुम्बु। जिल्ल्लाको सोताङ गाउँपालिकामा रहेको सोताङ पब्लिक क्याम्पसमा प्रतिस्पर्धी तीन विद्यार्थी संगठनहरुको सहमतिमा स्वबियुका पदाधिकारी तथा सदस्यहरु सर्बसम्मत निर्बाचित भएको घोषणा गरिएको छ।

प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेस निकटको नेबिसंघ,एमाले निकटको अनेरास्ववियु र माओवादी केन्द्र निकटको अनेरास्ववियु क्रान्तिकारीबीच मंगलबार भएको सहमति अनुसार मनोनयन दर्ताको प्रक्रिया पुरा गरी बुधबार सर्बसम्मत निर्बाचित भएको घोषणा गरिएको हो।
विद्यार्थी संगठनबीच सभापतिसहित दुई सदस्य नेबिसंघ,उपसभापतिसहित सहसचिव,कोषाध्यक्षर एक सदस्य अनेरास्ववियु तथा सचिबसहित तीन सदस्य अनेरास्ववियु क्रान्तिकारीले पाउने सहमति भएको थियो।सोही सहमति अनुसार क्याम्पस निर्बाचन समितिले मनोनयन दर्ताको प्रक्रिया पुरा गरेर निर्बाचित भएको प्रमाणपत्र उपलब्ध गराएको नवनिर्बाचित स्वबियु उपसभापति मिलन नाछिरिङ राईले जानकारी दिए।
निर्बाचन समितिका अनुसार क्याम्पसको स्वबियु सभापतिमा प्रमोद राई ,उपसभापतिमा मिलन नाछिरिङ,सचिवमा अर्जुन राई,सहसचिवमा नरचन्द्र कुलुङ, कोषाध्यक्षमा रेजिना बस्नेत चयन भएका छन । यस्तै सदस्यहरुमा समिक्षा बस्नेत, करिष्मा नाछिरिङ, अम्बिरकाजी विश्वकर्मा, जपिमाया कुलुङ, रितु नाछिरिङ र अमिसा विश्वकर्मा निर्बाचित भएको निर्बाचन समितिले जनाएको छ।

