शेर्पालाई अनेरास्ववियु सोलुखुम्बुको कार्यबाहक अध्यक्षको जिम्मेवारी



सोलुखुम्बु।नेकपा एमाले निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सोलुखुम्बु जिल्ला कमिटीको कार्यबाहक अध्यक्षको जिम्मेवारी ङवाङ तेन्जी शेर्पाले प्राप्त गरेका छन।

आसन्न स्वबियु निर्बाचनको परिणाम संगठनको पक्षमा पार्नुपर्ने बेला ब्यस्तताका कारण आफुले समय दिन नसकेको भन्दै अध्यक्ष गौरव राईले मंगलबार शेर्पालाई सो जिम्मेवारी हस्तान्तरण गरेको अनेरास्ववियु सोलुखुम्बुले जनाएको छ।
अघिल्लो बर्ष पौषमा सम्पन्न जिल्ला अधिबेशनले राईलाई अध्यक्ष र शेर्पालाई सचिबमा निर्बाचित गरेको थियो।

कार्यबाहक अध्यक्षको जिम्मेवारी पाए पछि शेर्पाले जिल्लाका विभिन्न क्याम्पसमा हुने स्वबियू निर्बाचनको तयारीलाई तीब्र पार्ने र त्यसपछि संगठन सुदृढीकरणका लागि नयाँ कार्ययोजना बनाएर अगाडी बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्