खुम्बु पासाङल्हामुको वडा नं-२ मा एमालेको ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन



सोलुखुम्बु।खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नं-२ मा नेकपा एमालेले मिसन ग्रासरुट अभियान सञ्चालन गरेको छ।

मिसन ग्रासरुट अभियानका केन्द्रीय प्रतिनिधि नेकपा एमालेका केन्द्रीय सदस्य नरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्य तथा प्रदेश प्रतिनिधि कोशी प्रदेश कमिटी सचिवालय सदस्य उत्तमकुमार बस्नेतको विशेष आतिथ्यमा मंगलबार एक कार्यक्रमको आयोजना गरि कार्यक्रम सञ्चालन गरिएको हो।

वडा कमिटीका अध्यक्ष टंक राईको अध्यक्षतामा सम्पन्न कार्यक्रम ले टोलटोलमा पुगेर संगठन सुदृढीकरणका लागि सदस्यता बितरण तथा नविकरण,पार्टी लामो योगदान गरेका अग्रजहरुलाई सम्मान र बिकास निर्माणका काममा जनताको चाहना र प्रतिक्रिया बुझ्ने निर्णय गरेको कोशी प्रदेश सचिबालय सदस्य बस्नेतले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्