शैक्षिक र सामाजिक काम पार्टी र जाति भन्दा माथि उठेर गर्न कांग्रेस नेता कार्कीको आग्रह



सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुका प्रभावशाली नेता प्रकाशसिंह कार्कीले शैक्षिक तथा सामाजिक काम गर्दा पार्टी तथा जाति भन्दा माथि उठ्न सक्नुपर्ने बताएका छन्।

जिल्लाको नेचासल्यान-३ मा रहेको कृयटिभ सोसियल युथ क्लबको नवनिर्मित कार्यालयको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्यसमेत रहेका कार्यक्रमका प्रमुख अतिथि कार्कीले आफू राजनीतिक रूपमा नेपाली कांग्रेससंग आवद्ध भएपनि काम गर्ने क्रममा कहिल्यै पार्टी र जाति भनेर भेदभाव गर्ने नगरेको र पछि पनि नगर्ने स्पष्ट पारे ।’मैंले नेचासल्यानकै कतिपय विद्यालयहरुमा झोला तथा शैक्षिक सामाग्रीहरु बितरण गरें,कुन विद्यालयमा कुन पार्टीको प्रधानाध्यापक छ र कुन पार्टी समर्थकका छोराछोरी पढ्छन् भनेर कहिल्यै हेरिन कार्कीले भने,- ‘जो जुन पार्टीका समर्थक भएपनि दक्ष जनशक्ति उत्पादन भयो भने त्यो हाम्रै सम्पत्ति हुन्छ,राजनीतिक संकीर्णतामा रुमल्लिनु हुंदैन।’

कार्कीले कृयटिभ सोसीयल युथ क्लबको सिफारिसमा एक जना छात्र र एकजना छात्रालाई उच्च शिक्षा अध्ययनसम्मका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा समेत कार्यक्रममा गरेका थिए।नाम अनुसारको काम गर्न क्लबलाई आग्रह गर्दै कार्कीले भने, कृयटिभ भनेको के हो ? बुझ्नु भएकै छ,त्यसै अनुसारको काम गर्नुस्, तपाईंहरुलाई मेरो पूर्ण सहयोग रहनेछ।त्यस अवसरमा उनले साउन्ड सिस्टम खरिदका लागि क्लबले देउसी खेलेर उठाएको रकममा आफुले अपुग रकम थप गरिदिने बताएका थिए।सोही कार्यक्रममा नेता कार्कीले क्लबलाई ५० सेट खेलकुद ड्रेस तथा ७० थान कुर्सी पनि हस्तान्तरण गरेका थिए ।

स्वर्गीय पुष्पलाल बास्तोलाको स्मृतिमा छोराहरू नेपाली कांग्रेसका युवा नेता दिनराज बास्तोला र उनका भाई कुमार बास्तोलाले नि:शुल्क उपलब्ध गराएको जग्गामा क्लबको सो भवन निर्माण सम्पन्न भएको बताइएको छ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिना राई,३ नं वडाध्यक्ष सीताराम भट्टराई, नेपाली कांग्रेस नेचासल्यान गाउँ कार्य समितिका पूर्ब सभापति निरकुमार शर्मा,उप सभापति घनश्याम बास्तोला, युवा नेता दिनराज बास्तोला, सहिद नरनाथ आबि र जालपा आबिका प्रधानाध्यापक क्रमशः कमल जम्मरकट्टेल र रोहित बास्तोला लगायतका बक्ताले आ-आफ्नो धारणा राखेका थिए।कार्यक्रममा गाउँ कार्यपालिका सदस्य जयन्ता अधिकारी,नेपाली कांग्रेस ३ नं वडा सभापति होमप्रसाद बास्तोला र माओवादी केन्द्रका युबराज कटेल लगायतको उपस्थिति रहेको थियो।

क्लबका अध्यक्ष शम्भु घिमिरेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन सचिब पुण्यप्रसाद कटेलले सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्