चेतना बिस्तार युवा परिवारले दुई बर्षमा एक करोड बीउ पुँजीकोष स्थापना गर्ने
सोलुखुम्बु। नेचासल्यान-४ मा रहेको चेतना बिस्तार युवा परिवारको अध्यक्षमा पुनः जगनाथ बास्तोला चयन भएका छन् ।
शनिबार सम्पन्न परिवारको १३ औँ बार्षिक साधारण सभा तथा चौथो अधिबेशनले बास्तोलालाई सर्बसम्मत रूपमा अध्यक्ष चयन गरेको हो।अधिबेशनबाट उपाध्यक्षमा बेदनाथ बास्तोला,सचिवमा राजन कुमार राई,सह-सचिवमा खेम भट्टराई र कोषाध्यक्षमा सिता फुयल सर्बसम्मत निर्बाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा जङ्ग बहादुर राई,गणेश बास्तोला,काशीराम( कुमार ) बास्तोला,प्रकाशबाबु बास्तोला,तेजकुमार बास्ताेला,लेखनाथ बास्तोला चयन भएका छन। ४ सदस्य भने कार्यसमितिले पछि मनाेनित गर्ने अध्यक्ष बास्तोलाले जानकारी दिए ।
अधिबेशनले नयाँ कार्ययोजना स्वीकृत, बिधान संशोधन प्रस्ताब पारित गरेको बताईएको छ।कार्ययोजनामा संस्थालाई दिगो रूपमा सञ्चालन गर्न २ बर्षभित्र १ करोड रुपैयाँको बीउ पुँजीकोष स्थापना गर्ने उल्लेख छ।
सार्बजनिक पुस्तकालयलाइ नियमित सन्चालन गर्नुका साथै
इ-पुस्तकालयको स्थापना,रोजगार मैत्री तालिम कार्यक्रम सन्चालन लगायतका कार्यक्रमहरुलाइ प्राथमिकताका साथ अघि सार्ने पनि कार्य योजनामा समाबेश गरिएको अध्यक्ष बांस्तोलाले जानकारी दिए।

