नेपाल शेर्पा संघ सोलुखुम्बुमा नयाँ समिति,अध्यक्षमा मिङमार



सोलुखुम्बु।नेपाल शेर्पा संघ सोलुखुम्बुको अध्यक्षमा मिङमार शेर्पालाई चयन भएका छन्।

आज सम्पन्न बिशेष बैठकले अध्यक्ष पासाङकाजी शेर्पा (पिके) को निधन भएपछि रिक्त रहेको सो पदमा प्रथम उपाध्यक्ष शेर्पालाई चयन गरेको संघका निबर्तमान सचिब कुन्जाङ शेर्पाले जानकारी दिए।

शेर्पाका अनुसार नवगठित संघको प्रथम उपाध्यक्षमा फुरि ग्याल्जेन शेर्पा,द्वितिय उपाध्यक्ष मा दावा शेर्पा,सचिवमा आचार्य पेमा रिन्जी शेर्पा,सह सचिवमा पासाङ दोर्जी लामा र कोषाध्यक्षमा गेल्बु शेर्पा छन्।

सदस्यहरुमा आङ माया शेर्पा,ङवाङ नुर्बु शेर्पा, नुरु शेर्पा गुदेल, लाक्पा शेर्पा नेले, दावा शेर्पा, किमा शेर्पा, सोनाम लामा, सोनाम शेर्पा, पेम्बा शेर्पा, लामा पासाङ शेर्पा,काले शेर्पासहित २१ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको उनले बताए।

संघका संघीय महासचिव लाक्पा शेर्पाको प्रमुख आतिथ्यता तथा संघीय सदस्य आङपेमा शेर्पाको विशेष आतिथ्यतामा बैठक सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्