थुलुङ दुधकोशी अध्यक्ष राईद्वारा बालमैत्रीपूर्ण ६ कोठे भवनको उद्घाटन
सोलुखुम्बु।थुलुङ दुधकोसी गाउँपालिकाको लोखिमस्थित जनता माबिमा निर्मित ६ कोठे भवनको उद्घाटन गरिएको छ।

बालमैत्रीपूर्ण उक्त भवनको विद्यालय परिसरमा आयोजित बिशेष कार्यक्रममा गाउँपालिका अध्यक्ष अशिम राईले शनिबार उद्घाटन गरेका हुन्। २ करोड ७५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको सो भवन निर्माण पक्षले आजै हस्तान्तरण गरेको थियो।
गाउँपालिकाको समन्वय तथा Class Room In The Clouds Nepal को आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित सो भवनमा बालबालिकाहरुका लागि प्लेग्राउन्ड,आधुनिक शौचालय,स्वच्छ पिउने पानी लगायतको सुबिधासहित पूर्ण बालमैत्रीपूर्ण रहेको अध्यक्ष राईले जानकारी दिए।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष उत्तरकुबीर राईको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा अध्यक्ष राईले Class Room In The Clouds Nepal का डाइरेक्टर दावाग्याल्जेन शेर्पा र युकेका डाइरेक्टर माइकल जोन लगायतलाई विद्यालयको तर्फबाट सम्मानित गरेका थिए।




