राष्ट्रपतिमा कांग्रेस र एमालेको भीडन्त, पौडेल र नेम्वाङ मैदानमा
काठमाडौँ । राष्ट्रपति निर्वाचनमा कांग्रेससहितको आठ दलीय गठबन्धन र एमालेबीच भिडन्त हुने भएको छ । नेकपा एमालेले पनि राष्ट्रपतिमा उम्मेदवार खडा गर्ने निर्णय गरेसँगै दुई पक्षीय भिडन्त हुने निश्चित भएको हो ।

आठ दलीय गठबन्धनको सहयोगमा कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बिहान बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले पौडेललाई सर्वसम्मत रुपमा राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।
यस्तै एमालेको आजै बसेको सचिवालय बैठकले सुवास चन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । काठमाडौँ । नेकपा (एमाले)ले राष्ट्रपतिमा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।
नेम्वाङलाई राष्ट्रपति बनाउन सहयोग नेकपा उमालेले सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपति बनाउनका लागि सहयोग माग्दै कांग्रेस बाहेकका दललाई पत्राचार गर्ने निर्णय गरेको छ ।फागुन २५ गते हुने निर्बाचनका लागि दुबै दलले आज उम्मेदवार दर्ता गर्दैछन् । निर्बाचन आयोगले उम्मेदवार दर्ताका लागि ३ बजेसम्मको समय तोकेको छ।

