प्रधानमन्त्रीले सत्ता समीकरण फेरबदलको चलखेल गरे एमाले सरकारमा नरहने
काठमाडौँ।नेकपा (एमाले) का सचिव योगेश भट्टराईले प्रधानमन्त्रीले सत्ता समीकरण फेरबदलको चलखेल गरे एमाले सरकारमा नरहने बताएका छन्।

प्रेस चौतारी नेपाल रुकुम पश्चिमले जिल्ला सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा उनले एमाले अहिलेसम्म सत्ता समीकरण पाँच वर्षसम्म टिकोस् भन्ने पक्षमा रहेको बताउँदै उनले गत पुस १० को सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
पुस १० मा एमालेले राष्ट्रपति पाउने सहमति भएको उनको दाबी छ । सोही सहमतिअनुसार सत्ता समीकरणभित्रबाट राष्ट्रपतिमा एमालेको साझा उम्मेदवार हुनुपर्ने उनले बताए। छिटो छिटो सत्ता समीकरण फेरिँदा देशको छवि नराम्रो हुने उनको भनाइ छ।

