इम्ब्रोइडरी हस्तकला तथा सिलाइ बुनाइ श्रमिक संघ सिन्धुपाल्चोकमा नयाँ समिति
चौतारा।नेपाल ट्रेड युनियन कांग्रेससङ्ग आबद्ध रहेको नेपाल इम्ब्रोइडरि हस्तकला तथा सिलाइ बुनाइ श्रमिक संघ सिन्धुपाल्चोक जिल्ला समितिले आफ्नो पाचौं अधिबेशन सम्पन्न गरि शोभा बस्नेतको अध्यक्षतामा ११ सदस्यीय नेपाल इम्ब्रोइडरि हस्तकला तथा सिलाइ बुनाइ श्रमिक संघ सिन्धुपाल्चोक जिल्ला समिति निर्बिरोध चयन गर्यो ।

उद्घाटन कार्यक्रममा उपस्थित श्रमिकहरुको जिल्ला भेलालाइ सम्बोधन गर्दै नेपाल इम्ब्रोइडरी हस्तकला तथा सिलाइबुनाइ श्रमिक संघका केन्द्रिय अध्यक्ष तेजप्रसाद रिजालले ६१ जिल्लामा आफ्नो सङ्गठन बिस्तार भएको र फाल्गुनको अन्त्यसम्म सबै जिल्ला अधिबेशन सकाएर केन्द्रिय अधिबेशन नेपाल ट्रेड युनियन कांग्रेसले दिएको समयसिमा भित्र नै सम्पन्न गर्ने जानकारी दिनुभयो । यस क्षेत्रका श्रमिकहरुको हक अधिकार र सेवा सुबिधा प्राप्त गर्नको लागि पनि युनियनमा आवद्ध हुनुपर्ने आबश्यकता औल्याउदै सबै सदस्यको अभिलेख राख्नको लागि सदस्यता फाराम अनिबार्य भर्नुपर्ने जानकारि दिनु भयो । वहाँले यस क्षेत्रका श्रमिकहरुलाइ स्थानीय सरकारले आफ्नो निकायमा पन्जिकरण गर्नुपर्ने र सामजिक सुरक्षा अपरिहार्य भएको र यसलाइ यथासक्य छिटो योगदानमा आधारित सामाजिक सुरक्षाको दायारा मा ल्याउन सम्बन्धित निकायसङ्ग माग गर्नुभयो ।
नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेशका उपाध्यक्ष लिला नाथ चौलागाईं काउनका केन्द्रीय उपाध्यक्ष सुर्यबहादुर कार्की नेपाल ट्रेड युनियन कांग्रेस सिन्धुपाल्चोकका उपाध्यक्ष इश्वरी न्यौपानेले पाचौं अधिबेशन सफलताको शुभकामना ब्यक्त गर्दै निर्बाचित हुने टिम लाइ अग्रिम शुभकामना ब्यक्त गर्नुभयो ।

