विलम्ब नगरी प्रदेश एकको नाम ‘सगरमाथा’ राख्नुपर्छ : प्रदेश एक सभा सदस्य तामाङ



विराटनगर । प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेसकी नेतृ डोल्मा तामाङले प्रदेश एकको नामाकरण गर्न अब ढिलाइ गर्नुनहुने बताएकी छन् ।

प्रदेश एक सभाको सोमबारको बैठकमा बिशेष समय लिएर बोल्दै सांसद तामाङले सो कुरा बताएकी हुन्।नेपाल महिला संघकि पूर्व केन्द्रीय सदस्य एवम् नेपाली काँग्रेसको केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानकि सदस्य समेतको अनुभव संगालेकी सांसद तामाङले प्रदेशसभाको अघिल्लो कार्यकाल नामाकरणमा असफल हुंदा प्रदेशबासीको शीर झुकेको आरोप लगाउंदै बर्तमान प्रदेशसभाले नामाकरण टुंग्याउन बिलम्ब गर्नु नहुने बताईन।

प्रदेशसभा सदस्य तामाङले नामको सवालमा विवाद गर्नु ब्यर्थ रहेको बताउंदै नेपाललाई नै बिश्व समुदायबीच परिचित गराउन सफल सगरमाथालाई उपेक्षा नगरी प्रदेशको नाम सगरमाथा राख्नुपर्नेमा उनको जोड थियो।’विश्वकै अग्लो शिखरको नामबाट प्रदेश १ को नाम राख्न उपयुक्त हुन्छ, यसबाट कसैलाई केही नोक्सानी हुँदैन’तामाङले भनिन्,-‘यो निर्णय गर्दा सबैको शिर उँचो हुन्छ । इज्जत पनि बढ्छ ।’

प्रदेशले खर्च बढाएको भन्ने आरोपलाई चिर्न र मुलुकको आर्थिक भार घटाउँन मन्त्रालयको संख्या घटाउने काम उपयुक्त भएको धारणा राख्दै तामाङले कार्यशैलीकै कारण संघीयता माथि प्रश्नचिन्ह खडा भैइरहेकाले प्रदेशको औचित्य पुष्टि गर्ने गरि काम गर्न समेत सरकारलाई आग्रह गरिन ।कांग्रेस रचनात्मक प्रतिपक्षीको भूमिकामा रहेर प्रदेशको बिकास र समृद्धिका लागि लागि पर्ने उनको भनाई थियो।

देशले एकता र परिवर्तन खोजेको छ,उनले भनिन्-‘सुशासन , मितव्ययिता र न्यायोचित वितरण आजको मूलभुत आवश्यकता हो भन्ने कुरा हामी सबैले बुझ्न जरुरी छ।'(फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्