नेपाली कांग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिमा घिमिरे सर्वसम्मत
काठमाडौं । नेपाली कांग्रेस मकवानपुर– काठमाडौं सम्पर्क समितिको सभापतिमा तेजप्रसाद घिमिरे सर्वसम्मत रुपमा चयन हुनुभएको छ । हिजो काठमाडौंमा आयोजित भेलाले घिमिरेको नेतृत्वमा २२ जनाको समिति निर्विरोध निर्वाचित गरेको हो । घिमिरे समितिका निवर्तमान उप–सभापति पनि हुनुहुन्थ्यो ।

मकवानपुर कांग्रेसका जिल्ला कार्य समिति सदस्य तथा संगठन विभाग प्रमुख शैलेन्द्रराज बानियाँका अनुसार उपाध्यक्षमा देवकुमार श्रेष्ठ र मिरा बन्जारा, सचिवमा सन्तोष गौतम, कोषाध्यक्षमा खड्गबहादुर जिम्बा (विकेश) र सह–सचिवमा मकवानपुर १ को (१) बाट भरत पराजुली, मकवानपुर १ को (२) बाट सन्तोष ढुंगेल, मकवानपुर २ को (१) बाट गौरव विक र मकवानपुर २ को (२) बाट वलेन्द्र व्लोन चयन भएका छन् । त्यस्तै सदस्यहरुमा मानवी बानियाँ, राजेन्द्र घतानीलगायत चयन भएका छन् ।
पुरुषोत्तम ठकुरीको सभापतित्वमा र नेपाली कांग्रेस वागमति प्रदेशका सभापति तथा मकवानपुरका निवर्तमान पार्टी सभापतिसमेत रहिसकेका पूर्वमन्त्री तथा प्रदेश सांसद इन्द्र बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका जिल्ला सभापति वुद्ध लामा, नेताहरु उमा दाहाल, प्रभात दाहाल, मकवानपुर कांग्रेसका जिल्ला कार्य समिति सदस्य तथा संगठन विभाग प्रमुख शैलेन्द्रराज बानियाँका साथै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सह–कोषाध्यक्ष अर्जुन गौतम, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साललगायत अतिथिका रुपमा रहेका थिए ।
मकवानपुर कांग्रेसका जिल्ला कार्य समिति सदस्य तथा संगठन विभाग प्रमुख शैलेन्द्रराज बानियाँले पदाधिकारी तथा सदस्यहरुलाई आज प्रमाणपत्र वितरण गर्ने र शपथ खुवाउने कार्यक्रम रहेको छ । मकवानपुर र काठमाडौंको सम्बन्धलाई जोड्दै कांग्रेसको हकहितमा काम गर्नका लागि यो सम्पर्क समिति गठन भएको हो ।
दुई वर्षका लागि नवनिर्वाचित अध्यक्ष घिमिरेले आगामी दिनमा कांग्रेसलाई राम्रो बनाउन आफूले सशक्त रुपमा भूमिका खेल्ने बताउनुभएको छ । ‘मैले यो समितिमा बसेर धेरै काम गरेको छु, अहिले पनि सबैले पत्याएर मलाई अध्यक्ष बनाउनुभयो त्यसको लागि आभारी छु’ घिमिरेले भन्नुभयो ‘म अहिले धेरै कुरा गर्दिन, काम गरेर मेरो नेतृत्व सफल भयो भन्ने प्रमाणित गर्छु ।’

