थुलुङदुधकोशी : बीरेन्द्रोदय माबिले लगातार तीन पटक उचाल्यो राष्ट्रपति रनिङ शिल्डको उपाधी
सोलुखुम्बु।थुलुङदुधकोशी गाउँपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी बीरेन्द्रोदय माबि मुक्लीले हात पारेको छ।

फाल्गुन १ गतेदेखि सुरु प्रतियोगितामा २० स्वर्णसहित सो विद्यालयले उपाधी हाँसिल गरेको पालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिए।सो विद्यालयले लगातार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी हात पारेको यो तेस्रो पटक हो।
यसैगरी प्रतियोगितामा १२ स्वर्णसहित जनता माबि लोखिम र ६ स्वर्ण पदकसहित देउसा माबि देउसा तृतीय भएको प्रबक्ता कार्कीले बताए।बिजयी विद्यालयहरुलाई बिहिवार आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष अशिम राईले पुरस्कार बितरण गरेका थिए।
पहिलो भएर उपाधी उचाल्ने बिरेन्द्रोदय माबिले शिल्ड, र मेडल र प्रमाणपत्रसहित नगद १५ हजार र दोश्रो जनता माबि र तेस्रो देउसा माबिले क्रमशः मेडल र प्रमाणपत्रसहित १२ र १० हजार नगद प्राप्त गरेका छन्।
फाल्गुन १ गते प्रदेश १ का सामाजिक बिकासमन्त्री बुद्धिकुमार राजभण्डारीले उद्घाटन गरेको प्रतियोगिता अन्तर्गत राष्ट्रपति रनिङ शिल्ड सम्पन्न भएपनि अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता भने भोलिसम्म जारी रहने कार्कीले बताए।


