अनेरास्ववियुको नयाँ नेतृत्व आज घोषणा गरिंदै



काठमाडौँ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनबाट निर्बाचित नयाँ नेतृत्वको औपचारिक घोषणा आज गरिने भएको छ।सोमबार सुरु महाधिवेशनले बिहिवार समिक बडाल अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको थियो।

अनेरास्ववियुको पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि मतदानबाट नेतृत्व चयन गरिएको हो । अन्तिम मतपरिणामअनुसार बडाल बिजयी भएका हुन् । बडाल अनेरास्ववियुका निवर्तमान महासचिव हुन्। बडालले अध्यक्षमा आरसी लामिछानेलाई हराएका छन्।

यसैगरी, उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन् भने महासचिवमा नरेश रोकाया विजयी भएका छन्।यस्तै सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना शिवाकोटी, आरती भट्टराई र वितिता काफ्ले चुनिएका छन्।

कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएको अखिलका नेताहरुले बताएका छन् ।विद्युतीय मेसिनमार्फत बिहिवार भएको मतदानमा १ सय ५१७ मत खसेको थियो।१ सय ९९ केन्द्रीय सदस्य र तीनवटा आयोगको पनि आजै नेतृत्व घोषणा हुने अध्यक्ष मण्डलका एक सदस्यले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्