सुर्के दुधकोशी जलविद्युत आयोजनाको (EIA) सार्बजनिक सुनुवाइ सम्पन्न
प्रदिप खालिङ,सोलुखुम्बु।सुर्के दुधकोशी जलविद्युत आयोजना १८८ मेगावाटको वातावरणीय प्रभाब मुल्यांकन (EIA)को सार्बजनिक सुनुवाइ सप्पन्न भएको छ ।

जलविद्युत आयोजना खुम्बुपासाङल्हमु गाउपालिका वडा न २ सुर्केबाट सुरु भइ माप्यदुधकोशी गाउँपालिमा वडा न २ र ७ को सिमानामा विद्युत गृह बन्ने उक्त आयोजनाको सार्बजनिक सुनुवाइ आज खरिखोलामा सम्पन्न हो।
कुल ३१ अरब ४६ करोड २९ लाख ९१ हजार ४ सय रुपैयाँको लागतमा यति वल्ड इन्भेस्टमेन्ट प्रालि काठमाडौको आर्थिक लगानीमा निर्माण हुने जलविद्युत आयोजनाका लागि २१.८५ हे. जग्गा आबस्यक पर्ने र १८.८५ हे. सामुदायिक बन र ३.०० हे. निजि जग्गा रहने जानकारी गराइएको छ।
प्रस्तावित आयोजनाबाट प्रभावित खुम्बु पासाङ्ल्हमु गाउँपालिका, माप्यादुधकोशी गाउँपालिका र सोलुदुधकुन्ड नगरपालिकाको कुल १० हजार २ सय १६ घरधुरी लाभान्वित हुने बताइएको छ ।
उक्त निर्माण आयोजनाबाट प्रभावित स्थानीयले आफ्नो क्षेत्रमा भएको आयोजनाबाट बिशेष लाभ पाउनु पर्ने माग गरेका छ्न । केहि समय पश्चात आयोजनाको निर्माण कार्य सुरु हुने आयोजना प्रमुख सम्राट सत्यालले जानकारी दिनु भयो ।
जलविद्युत आयोजनाको बाताबरनिय प्रभाव मुल्यांकन कार्यक्रममा नगरपालिकाका प्रतिनिधि, गाउपालिकाको प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी साथै स्थानीयको उपस्थिति रहेको थियो। ।

