दुईदिन पछि सर्यो सोलु एमालेको जिल्ला कमिटी बैठक,फाल्गुन ७ र ८ गते बस्ने
सोलुखुम्बु।फाल्गुन ५ गतेका लागि बोलाइएको नेकपा (एमाले) जिल्ला कमिटी सोलुखुम्बुको आठौं बैठक स्थगित भएको छ।

पार्टी केन्द्रीय योजना अन्तर्गत ‘मिसन ग्रासरुट’ अभियानका लागि प्रदेशस्तरीय अभिमुखीकरण सोही दिनका लागि विराटनगरमा तय भएका कारण स्थगित गर्नुपरेको सोलुखुम्बु एमालेले जनाएको छ।स्थगित बैठक फागुन ७ र ८ गते बस्ने जिल्ला कमिटी सचिब आशकुमार राई ‘शिशिर’ले जानकारी दिए।
पार्टी कार्यालय सल्लेरीमा बस्ने बैठकमा गाउँपालिका कमिटी अध्यक्षहरुले अन्तरपार्टी निर्देशन अनुसारको प्रतिबेदन, परियोजना बैंक,बिभागीय प्रमुखहरुले अहिलेसम्म भएका काम र भावी कार्ययोजनाका साथै सदस्यहरुले अहिलेसम्मको प्रगति विवरण लिखित रूपमा बैठकमा पेश गर्नुपर्ने सचिब राईले बताए ।

