अनेरास्ववियुको महाधिवेशन : बन्दसत्र सञ्चालनका लागि ९ सदस्यीय अध्यक्ष मण्डलको घोषणा



काठमाडौं । अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि अध्यक्षमण्डलको घोषणा गरिएको छ।पूर्वअध्यक्ष भानुभक्त ढकालको संयोजकत्वमा ९ सदस्यीय अध्यक्ष मण्डलको घोषणा गरिएको हो ।

अध्यक्ष मण्डलको सदस्यहरूमा यसअघिका अध्यक्षहरू सदस्य रहेका छन् । जसमा, विनोद ढकाल, खिमलाल भट्टराई, रचना खड्का, माधव ढुङ्गेल, किशोर विक्रम मल्ल, नबिना लामा, ऐन महर र सुनिता बराल रहेका छन् ।

अध्यक्षमण्डलले अनेरास्ववियुको महाधिवेशन सम्पन्न नहुँदासम्म बन्दशत्र सञ्चालन गर्नेछ ।अहिले अध्यक्षमण्डलको बैठक बसिरहेको छ । उक्त बैठकले निर्वाचन कार्यतालिका तय गर्नेछ । र निर्वाचन आयोगलाई निर्वाचनका लागि निर्देशन दिनेछ ।

महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा मंगलबार उद्घाटन गरेका हुन्।महाधिवेशनमा देशभरबाट १५ सय ७३ जना प्रतिनिधि सहभागी रहेको अनेरास्ववियुले जनाएको छ।तीन दिनसम्म चल्ने महाधिवेशनबाट १९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्