उपत्यकामा सार्बजनिक यातायात बन्द स्थगित



काठमाडौं।यातायात ब्यबसायी तथा मजदुरहरुले आजदेखि उपत्यकामा सुरु गरेको सार्बजनिक यातायात बन्द स्थगित गरेका छन् ।

भौतिक पूर्बाधार तथा यातायात ब्यबस्थामन्त्री नारायणकाजी श्रेष्ठ र ब्यबसायी तथा मजदुरहरुबीच सिंहदरबारमा भएको बार्तामा सरकार उनीहरूले उठाएका जायज मुद्दा ७ दिनभित्र सम्बोधन गर्न सहमत भएपछि तत्कालका लागि उपत्यकामा सार्वजनिक यातायात बन्द गर्ने कार्यक्रम स्थगन गरिएको नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीमज्वाला राईले बताउनुभयो ।

उहाँले सरकारले मजदुरलाई सोमबारको कार्यक्रममा आक्रमण गर्नेहरुलाई पक्राउ गर्ने, ल्होत्से हलको दादागिरीको बारेमा छानबिन गर्ने, यातायात मजदुरलाई पूर्ववत अवस्थामा काम गर्नसक्ने वातावरण बनाउने बारेमा सहमति गरेकाले तत्कालका आगि आन्दोलन फिर्ता लिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,-‘मजदुरहरु सरकारसँग भएको सहमति सुनाउनका लागि जाँदा आक्रमण भयो, ल्होत्सेको दादागिरीका बारेमा छानबिन गर्नका लागि मन्त्रालयले महानगरपालिकासँग सहकार्य गरी सबैसँग छलफल गरी छानबिन गर्ने वचन भएकोमा धन्यवाद दिन चाहन्छौँ । कारबाही लिखित प्रतिवद्धता होस्, मजदुर कार्यक्रममा जाँदा जुन आक्रमण भयो, त्यसको बारेमा वचन उल्लेख होस्, ल्होत्सेको सम्बन्धमा छानबिन गर्ने लिखित प्रतिवद्धता होस् र त्यो प्रतिवद्धता नभइसकेको अवस्थामा पूर्ववत अवस्थामा जसरी साथीहरुले काम गर्नुभएको थियो,पूर्ववत अवस्थामा काम गर्ने गरी लिपिवद्ध होस् ।

उहाँले फागुन ८ गतेसम्म पनि सरकारले आफूसँग गरेका प्रतिवद्धता पूरा नगरे आन्दोलन बढाउँदै जाने बताउनुभयो । फागुन ८ गतेसम्म आफ्ना मागहरुको सम्बोधन नभए आन्दोलनलाई निरन्तरता दिने अध्यक्ष राईले बताउनुभयो ।
‘नेपालको यातायात क्षेत्र मजदुर, यात्रुमैत्री बनाउने सन्दर्भमा नयाँ अध्याय सुरु भएको छ, अब नेपालको यातायात क्षेत्र सुधार हुन्छ । भौतिक पूर्वाधारलाई याद नै नगरी राज्यले डण्डा वर्षाउने कार्य राज्यबाट हुँदैन भन्ने प्रतिवद्धता प्राप्त गरेका छौँ ।’ अध्यक्ष राईले भन्नुभयो, ‘आज बन्द गर्ने जुन भनेका थियौँ, त्यसलाई स्थगन गर्नेछौँ, भोलि ३ गतेदेखि देशव्यापी कार्यक्रम, कोणसभा, प्रदेश सरकारलाई ध्यानाकर्षण, १० गते र्‍याली गर्छौं, ८ गतेसम्म समितिले हामीलाई चित्तबुझ्दो माग सम्बोधन भएन भने निरन्तर रहनेछ ।’

प्रतिक्रिया दिनुहोस्