भोलि देशभर सार्बजनिक बिदा



काठमाडौं ।प्रदेश सरकारले फागुन १ गते माओवादीले मनाउँदै आएको ‘जनयुद्ध दिवस’ को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेपछि जनस्तरमा त्यसको चौतर्फी भइ रहेका बेला संघीय सरकारले देशभर सार्बजनिक बिदा दिने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले भोलि जनयुद्ध दिवसको सन्दर्भमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । माओवादीले तेस्रो पटक सरकारको नेतृत्व गर्दा पहिलो पटक जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यसअघि २०६५ सालमा र २०७३ सालमा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका थिए।

यसअघि कर्णाली प्रदेश, बागमती प्रदेश र विभिन्न स्थानीय तहले पनि फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउने गरी बिदा दिने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्