स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प,फिर्ता लिन मन्त्रालयको आग्रह
काठमाडौं।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्ने नेपाल चिकित्सक संघको निर्णय फिर्ता लिन आग्रह गरेको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले शनिबार राति विज्ञप्ती जारी गर्दै अस्पताल बन्द गर्ने निर्णयबाट पछि हट्न नेपाल चिकित्सक संघसँग आग्रह गरेका छन्। राष्ट्रिय ट्रमा सेन्टरका डाक्टर जनिथलाल सिंह माथि शुक्रबार प्रहरीले लाठी चार्ज गरेको विरोधमा संघले आजका लागि देशभरका स्वास्थ्य सेवा प्रदायक संस्थाहरु बन्दको आह्वान गरेको छ।
शनिबार बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले गरेको निर्णय अनुसार आज सम्पूर्ण स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सेवाहरु ठप्प छन् ।
मन्त्रालयले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा शुक्रबार डाक्टरमाथि लाठी चार्ज गर्नेवरिष्ठ हवलदार शम्भुजंग गुरुङलाई निलम्बित घटनाको छानविन भइरहेको जनाएको छ । उक्त घटनको विषयमा थप छलफल गरी समस्या समाधानका लागि वार्ता समिति गठन गर्ने नेपाल चिकित्सक संघले उठाएका विषयलाई संवादमार्फत समाधान गर्ने प्रयास भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

