१४ बर्षीया किशोरी बलात्कारको अभियोगमा सोलुखुम्बुका एक युवक पक्राउ
भक्तपुर।१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-३ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने १९ वर्षीय लाक्पा ग्याल्जेन तामाङलाई प्रहरीले जनाएको छ।
तामाङले ती किशोरीलाई गत आइतबार भक्तपुर नगरपालिका-९ ब्रह्मायणीस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै उक्त होटलकी संचालिकालाई पनि प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।(सांकेतिक तस्बिर)

