चेतना बिस्तार सार्बजनिक पुष्तकालय ब्यबस्थापनबारे राजधानीमा छलफल, बास्तोलाको अध्यक्षतामा सम्पर्क समिति गठन



काठमाडौंं।सोलुखुम्बु जिल्लाको नेचासल्यान-४ स्थित चेतना बिस्तार युवा परिवारको काठमाडौं सम्पर्क समिति गठन गरिएको छ।

काठमाडौंमा स्थायी तथा अस्थायी बसोबास गर्दै आएका सँस्थाका सदस्य तथा शुभचिन्तकहरुबीच राजधानीमा शनिबार सम्पन्न अन्तरक्रिया कार्यक्रमले आशिष बास्तोलाको अध्यक्षतामा काठमाडौं सम्पर्क समिति गठन गरेको अध्यक्ष जगनाथ बास्तोलाले जानकारी दिए।संस्थाको सचिबमा टिकाराम खनाल तथा सदस्यहरुमा हुतराज बास्तोला, रामप्रसाद आचार्य,इन्द्र बास्तोला,देबेन्द्र ढुङ्गेल र देबेन्द्र कटेल छन्।

अन्तरक्रिया संस्थाद्वारा सन्चालित चेतना बिस्तार सार्बजनिक पुस्तकालयको ब्यबस्थापन, नियमित र दिगो सन्चालन लगायतका बिबिध समसामयिक बिषयमा छलफल भएको बास्तोलाले बताए।२०६७ सालबाट नियमित सन्चालनमा आएको पुस्तकालय भवन अभावका कारण नियमित सन्चालनमा ल्याउन नसकि बन्द रहेकोमा हाल प्रदेश सरकारको आर्थिक लगानिमा भवन निर्माण सम्पन्न भएपछि पुन:सन्चालनको तयारी गरिएको हो ।

अन्तरकृयामा सहभागि सदस्यहरुले पुस्तकालयको नियमित सन्चालन, आर्थिक ब्यबस्थापन, प्रबिधिमैत्री पुस्तकालय निर्माण लगाएतका बिबिध बिषयमा छलफल गरिएको थियो । सहभागीहरुले पुस्तकालय समुन्नत र सभ्य समाजको प्रतिक भएकाले ग्रामिण क्षेत्रमा सहभागितामूलक बिधिबाट पुस्तकालयलाइ बिकास गर्नु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्