साहस उर्जाको सफलता : राष्ट्रिय प्रशारणमा जोडियो बिजुली



सोलुखुम्बु।निजी क्षेत्रकै सबैभन्दा ठूलो लगानी रहेको साहस ऊर्जा कम्पनी लिमिटेडद्वारा प्रबर्द्धित ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

गत हप्तादेखि विद्युत परीक्षण उत्पादन गरेको आयोजनाले सबै उपकरणहरुको परीक्षण सफल भएपछि शुक्रबार नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रशारण प्रणालीमा जोडिएको साहस उर्जा लिमिटेडका अध्यक्ष हिम पाठकले जानकारी दिए । आयोजनाले छिटै व्यावसायिक उत्पादन शुरु गर्ने उनले बताए।

सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर ११ मा रहेको सोलुखोलाको पानी ४ हजार ६ सय ७९ मिटर लामो सुरुङ मार्ग र १९ सय ३८ मिटर लम्बाइको पाइप लाइनमार्फत थुलुङदूधकोशी–३ मैकुबेसीमा खसाइ ८६ मेगावाट विद्युत् उत्पादन गरिएको हो ।

विद्युत् गृहदेखि लाम्माने सम्म १३ किलोमिटर ग्रीड निर्माण गरी आयोजनाले १३२ केभी प्रसारण लाइनमा जोडेको हो ।

प्रतिक्रिया दिनुहोस्