राष्ट्र,राष्ट्रियता र जनजीविकाको सवालमा एमाले सबै दलहरुभन्दा अब्बल : सांसद राई
काठमाडौं।प्रतिनिधिसभा सदस्य मानबीर राईले राष्ट्र,राष्ट्रियता र जनजीविकाको सवालमा नेकपा एमाले सबै राजनीतिक दलहरुभन्दा अब्बल रहेको बताएका छन् ।

थुलुङदुधकोशीबाट काठमाडौं आई अस्थायी बसोबास गर्ने पालिकाबासीहरुसंग आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राईले सो कुरा बताएका हुन्।नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका राईले मनमोहन अधिकारीको पालादेखि अहिलेसम्म मुलुक र जनताको हितमा निर्बाह गरेको सकारात्मक भूमिकाका कारण प्रमुख पाँच राजनीतिक दल एकातिर र नेकपा एमाले एक्लै हुंदा पनि हाराहारी स्थानमा बिजय हांसिल गरेको बताए।
एउटा जंगलमा दुईवटा बाघ रहन नसक्ने बताउँदै उनले नेपालमा अब कम्युनिस्ट नामका धेरै दल अस्तित्वमा रहन नसक्ने बताए।’भबिष्यमा नेपालमा अब एउटा मात्रै कम्युनिस्ट पार्टी रहन्छ,त्यो कुन रहन्छ,त्यो मूल्यांकन गर्ने जिम्मेवारी तपाईंहरुको’,- उनले भने ।
राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा बिशिष्ट अतिथि रहेको कार्यक्रममा नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका दुई नेता रञ्जन राई र देवचन्द्र राई नेकपा एमालेमा प्रवेश गरेका थिए।उनीहरूलाई सांसदद्व्य राई र शेर्पा लगायतका नेताहरुले स्वागत गरेको नेकपा एमाले जिल्ला कमिटी सदस्य आङबाबु राईले जानकारी दिए।
एमाले गाउँपालिका कमिटी अध्यक्ष भूपालसिं राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश कमिटी सदस्य महेश किंराती र कुमार राई,जिल्ला कमिटी सोलुखुम्बुका सचिब आशकुमार राई शिशिर तथा जिल्ला नेताहरु बीरउदास श्रेष्ठ, आङबाबु राई,जगन्नाथ बास्तोला,मिङमारछिरी शेर्पा,सोलुखुम्बु-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष नन्दराज बास्तोला र अनेरास्ववियुका नेता ङ्वाङतेञ्जी शेर्पा लगायतको उपस्तिथि थियो ।


